कालिञ्चोकको आईपीओमा वैदेशिक रोजगारीमा गएकाले गरे एक करोड बढीको आवेदन

0
Shares

कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा एक करोड बढीको आवेदन परेको छ । सो आईपीओमा बिहीबार साँझ ४ बजेसम्ममा २४२ वटा आवेदन परेको हो ।

बिहान १० बजेसम्मममा १५४ जनाले आवेदन दिएकोमा आज दिउँसो मात्र ८८ जना आवेदक थपिएका हुन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर १६ गते बिहीबार साँझ ४ बजेसम्ममा २४२ जना आवेदक मार्फत कुल १ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार ७० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकले औसतमा ४८३ कित्ताभन्दा बढी माग भएको हो ।

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।