नेपाल टेलिकमका ग्राहकले कार्ड प्रयोग गरी रिचार्ज गर्दा डाटा बोनस पाउने

0
Shares

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ । प्रयोगकर्ताहरुले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरेमा १ जीबी देखि १० जीबी सम्म बोनस पाउने भएका हुन् ।

ग्राहकहरुले रु.२००, रु.५०० र रु.१००० का रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा १ जीबी, ४ जीबी र १० जीबी डाटा बोनस पाउने छन् । रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा ग्राहकले १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा, रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्मको लागि ४ जीबी डाटा र त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।

यो अफर मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।