मारुती सुजुकीले ९ हजार कारहरु बजारबाट फिर्ता लैजाने

0
Shares

भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले ४ मोडलका ९ हजार बढी कारहरु बजारबाट फिर्ता मागेको छ ।

कम्पनीले आफ्नो सियाज, ब्रिजा, एरटिगा, एक्सएल६ र ग्य्रान्ड भित्राका ९ हजार १२५ कारहरु फिर्ता मागेको हो ।

फ्रन्ट सीट बेल्टको हाइट एडजस्टरमा समस्या आएको जनाउँदै कम्पनीले कारहरु बजारबाट फिर्ता मागेको छ । कारहरुको एसेम्बलिङ गर्ने समयमा यस किसिमको त्रुटि हुन गएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ।

कम्पनीले समस्या उत्पन्न भएका कारहरुको निशुल्क जाँच गर्ने र आवश्यक परेको खन्डमा पार्टपुर्जा पनि निशुल्क नै बदलिदिने भएको छ।

नोभेम्बर २ देखि २८ सम्ममा उत्पादन भएका कारहरुलाई कम्पनीले फिर्ता मागेको हो । यस अघि पनि कम्पनीले वागन आर, सेलेरियो र इग्नीस मोडलका ९ हजार ९२५ कारहरु फिर्ता मागेको थियो । रियर ब्रेकको एसेम्बली पीनमा खराबी आएपछि कम्पनीले अक्टोबरमा उक्त मोडलका कारहरु फिर्ता मागेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।