मोबाइल इन्टरनेट प्रयोगकर्ता ९५%, फोरजी सेवा लिने एक करोड ८४ लाख

0
Shares

नेपालमा ९५ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको गत भदौ महिनासम्मको तथ्यांक अनुसार १२९ प्रतिशतले नेपालमा इन्टरनेट प्रयोग गर्छन् । जसमध्ये ३४.४४ प्रतिशतले भने फिक्स ब्रोडव्याण्ड प्रयोग गर्छन् । ०.२३ प्रतिशतले भने वायरलेस फ्रिक्स ब्रोडव्याण्ड इन्टरनेट प्रयोग गर्ने गरेको प्राधिकरणको प्रतिवदेनमा उल्लेख छ ।

मोवाइल ब्रोडव्याण्ड अन्र्तगत एक करोड ८४ लाख ७० हजार ३६ जनाले फोरजी सेवा प्रयोग गर्ने गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ९० लाख ६ हजार १२ ले थ्रिजी प्रयोग गर्ने गरेको पाइएको छ । जसध्ये एक करोड १५ लाख ५० हजार ११ ले नेपाल दुरसञ्चार कम्पनीको फोरजी प्रयोग गर्छन् भने ७१ लाख ३६ हजार ९०४ ले थ्रिजी प्रयोग गर्ने गरेका छन् ।

साथै एनसेलको फोरजी प्रयोगकर्ताको संख्या ६७ लाख २ हजार १४४ छ भने थ्रिजी प्रयोगकर्ताको संख्या १९ लाख ४९ हजार १० रहेको छ । स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ३१ हजार ७११ छन् ।

चार करोडले लिन्छन् मोबाइल सेवा

नेपालमा चार करोडले मोबाइल सेवा लिने गरेको पाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार जिएसएम र सिडिएमए गरी चार करोड दुई लाख ४७ हजार ८५० ले मोबाइल दुरसञ्चार सेवा लिने गरेको पाइएको छ ।

एकै व्यक्ति एक भन्दा बढी सिम कार्डको प्रयोग गर्ने भएकाले पनि संख्या अधिक देखिएको प्राधिकरणले जनाएको छ । दुरसञ्चार सेवा तर्फ फिक्स सेवा लिनेको संख्या आठ लाख १३ हजार ५३२ छ ।

तथ्यांक अनुसार नेपाल दुरसञ्चारको कम्पनीको दुरसञ्चार सेवा लिनेको संख्या दुई करोड १४ लाख ६० हजार ७७ छन् । एनसेलको एक करोड ७२ लाख १२ हजार ९५० छन् भने स्मार्ट टेलिकमको सेवा लिनेको संख्या २३ लाख ९५ हजार १२६ छ । अन्य दुरसञ्चार कम्पनीको सेवा लिनेको संख्या दुई हजार ९८६ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।