मेगा बैंकको सेयर मूल्य समायोजन

0
Shares

मेगा बैंक लिमिटेडको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ४ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बोनस समायोजनपछि बैंकको प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा समायोजित सेयरमूल्य तोकेको छ । अब आइतबार बैंकको सेयर यहि समायोजित सेयर मूल्यलाई आधार मानेर खुल्नेछ ।

बुधबार कारोबार भएको अन्तिम मूल्य २१२ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस सेयर समायोजन गरी नयाँ भाउ तोकेको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २३ गते शुक्रबार बुकक्लोज गर्दैछ । बिहीबार उभौली पर्वको सार्वजनिक विदा रहेकाले बुधबारको अन्तिम मूल्यबाटै बैंकको बोनस समायोजन भएको हो ।

प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश पारित गर्न बैंकले पुस ७ गते साधारण सभा बोलाएको छ ।

मेगा बैंकको लाभांश पाउन बुधबारसम्म सेयरधनी बन्न आवश्यक

मर्जरमा रहेका इन्भेष्टभेन्ट र मेगा बैंकले डाके साधारण सभा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।