मेगा बैंकको लाभांश पाउन बुधबारसम्म सेयरधनी बन्न आवश्यक

0
Shares

मेगा बैंक नेपाल लिमिटेडको लाभांश बुधबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

बैंकले पुस ७ गते बिहीबार डाकेको वार्षिक साधारण सभाका लागि मांसिर २३ गते सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताहरुले मात्र सम्बन्धीत बैंकको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

मंसिर २२ गते उधौली पर्व, योमरी पुन्ही तथा धान्य पूर्णिमाको अवसरमा सरकारले सार्वजनिक विदा दिएका कारण बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप मेगा बैंकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर सहित ३.७९ प्रतिशत नगद गरी कुल ७.७९ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका लागि भएका गरेका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने र आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि सभामा रहेको छ । साथै सभाले एक आपसमा १००ः९० सेयर स्वाप रेसियो (मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता) मा मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछन् ।

त्यस्तै, दुबै बैंकले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्न प्रस्ताव उपर छलफल गरी पारित गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।