नुप्चे लिखु जलविद्युत आयोजनाले ६५ करोडको आईपीओ जारी गर्ने

नुप्चे लिखु जलविद्युत आयोजनाले ६५ करोडको आईपीओ जारी गर्ने

भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाले ६५ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण सेयर जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार थान सेयर सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरको दश प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आरक्षण गरिएको छ ।

भिजन इनर्जी एण्ड पावरले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता, वित्तिय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेको छ ।

सरकारी स्वामित्व रहेको एचआईडिसिएलको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार १५ : १८ बजे