नबिल बैंकले घटाएर प्रस्ताव गर्‍यो लाभांश, अघिल्लो आवभन्दा ८% कम बाँड्ने

0
Shares

नबिल बैंक लिमिटेडले घटाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशत कम लाभांश वितरण गर्ने भएको हो ।

बैंकले गत आवबाट आफ्ना सेरधनीहरुलाई कुल ३० प्रतिशत मात्र लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आवबाट बैंकले चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर सहित ४.४० प्रतिशत नगद गरी कुल ३८ चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद लाभांश लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।