फाइभजी परिक्षणका लागी प्राधिकरणको अनुमतिको पर्खाइमा एनसेल

0
Shares

एनसेल आजियाटाले फाइभजी परिक्षणका लागी तयारी अवस्थामा रहेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिएमा तत्काल परिक्षणको कार्य अगाडी बढाउन सक्ने एनसेलका सिइओ एन्डी चोङ्गले बताएका छन् । मंगलबार एनसेलले सूचना प्रविधि पत्रकारहरुसँग गरेको छलफलमा यस्तो जानकारी दिएको हो ।

एनसेलले फाईभजी परिक्षणका लागि नेपाल टेलिकम कम्पनी भन्दा पहिले नै प्राधिकरणसँग अनुमती मागेको एनसेलका चिफ इन्फरमेशन अफिसर विशाल मनी उपाध्यायले बताए । प्राधिकरणले हालसम्म अनुमती प्रदान नगरेको उनले बताए । यद्यपी कम्पनीले भने प्राविधिक रुपमा आफुलाई तयारी अवस्थामा राखेको उनले दाबी गरे ।

त्यस्तै, कम्पनीका चिफ इन्फरमेशन अफिसर उपाध्यायले फाइभजीको आवश्यकताको आधार बजारले निर्धारण नगर्ने बताए । “फाइभजी व्यक्ति वा संस्थागत आवश्यकता पनि व्यवसाय वृद्धिको लागि आवश्यक भएको बताए । फाइभजीले सेवाग्राहीलाई सहज र तिव्र सुविधा प्रदान गर्छ,” उनले भने ।

प्राधिकरणले हालसम्म नेपाल दूरसञ्चार कम्पनीलाई फाइभजी परिक्षणका लागि अनुमति दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।