नेपाल बैंकले दुई प्रतिशत बोनस दिने,नगद कति ?

0
Shares

नेपाल बैंक(NBL) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकले २ प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ पुस २०७९, शुक्रबार  ११ : ३६ बजे