अग्नि हायर पर्चेज कम्पनीको आम्दानीसँगै नेटवर्थमा उच्च वृद्धि

0
Shares

अग्नि ग्रुपको लगानी रहेको ‘अग्नि हायर पर्चेज प्रालि’ ले सन् २०२२ मा ३ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १ करोड ५० लाख रहेको थियो ।

सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको नेटवर्थ पनि बढेको छ । सन् २०२२ मा कम्पनीको कुल नेटवर्थ ३५ करोड ४० लाख पुगेको छ ।

सन् २०१४ स्थापना भएको कम्पनी नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ । सन् २०२० मा नेपाल राष्ट्र बैंकबाट सवारी साधन खरिद गर्ने अनुमति पाएपछि कम्पनीले सवारी खरिदको काम सुरु गरेको छ ।

कम्पनीले महिन्द्रा ग्रुपको सवारी साधनहरुको फाइनान्सीङ र खरिद बिक्री गर्दै आएको छ । महिन्द्राको ब्रान्ड युटिलिटी भेइकल, प्यासेन्जर भेइकल र ट्रयाक्टरहरुको फाइनान्सीङ र बिक्री वितरण गर्ने गरेको छ । सन् २०२२ मा कम्पनीले १० करोड ८० लाखको पोर्टफोलियो व्यवस्थापन गरेको छ । यसैगरी सो रकम बराबरकै सम्पत्ति व्यवस्थापन समेत गरेको छ ।

नेपालको व्यापारिक घराना अग्नि ग्रुप प्रर्वद्धक रहनु र महिन्द्रा ग्रुपले उत्पादन गर्ने विभिन्न प्रकारका सवारी साधनहरुको नेपाल लागि आधिकारिक बिक्रेता हुदाँ कम्पनीको वित्तीय अवस्था राम्रो रहेको छ ।

देशभरमा महिन्द्रा ग्रुपका सवारी साधनको बिक्री वितरणका लागि कम्पनीले ३५ डिलर विस्तार गरेको छ । छोटो समयमा मनग्य आम्दानी गरिरहेको अग्नि हायर प्रचेज कम्पनी दीर्घकाल सम्ममा सञ्चालनमा आउँछ या आउँदैन भन्नेमा प्रश्न छ।

कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् । कम्पनीमा क्याबिनेट श्रेष्ठको ४५ प्रतिशत सेयर हिस्सा, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर हिस्सा रहेको छ ।

१ अर्ब ५० करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इकूाले दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।