प्रभु बैंक र सिप्रदीबिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ कर्जा दिने सम्झौता

0
Shares

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदीबाट ग्राहकले टाटा मोटर्स अन्र्तगतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।