दिव्यश्वरी हाइड्रोपावरले पुस २७ गते बुधबार एकैपटक विगत चार आर्थिक वर्षको साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको चार आर्थिक वर्षको संयुक्त साधारण सभा आह्वान गरेको हो । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्काई दरबार ब्यांक्वेट सिंहदरबार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म चार आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नका लागि सभा आह्वान गरेको हो ।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुंग्याउनेछ । साथै समूह ‘क’ र ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको मनोनय वा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बिहीबारदेखि २७ गते बुधबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया