नेपाल बैंकले प्रस्तावित लाभांश अनुमोदन गराउन डाक्यो साधारण सभा

0
Shares

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन पुस २९ गते शुक्रबार बैंकको वार्षिक साधारण सभा बोलाएको छ ।

लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न बैंकले पुस २९ गते शुक्रबार प्रधान कार्यालय धर्मपथ काठमाडौँमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल चुक्ता पुँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब उपर छलफल, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयधरनीहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहीबार  १० : १७ बजे