२० अर्बको रिपो निष्कासन गर्दा साढे ४१ अर्बको आवेदन

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार निष्कासन गरेको २० अर्ब रुपैयाँ बराबरको रिपोमा ४१ अर्ब ५० करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता संकटको अवस्था टार्न २० अर्ब रुपैयाँ पठाउन खोज्दा अधिक माग परेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको रिपोमा अधिक ब्याजदर घटेको छ भने न्यूनतम ब्याजदर बढेर आवेदन परेको छ । तर, औसत ब्याजदर भने यसभन्दा अघिको १४ दिने रिपोको तुलनामा केही घटेकोे छ ।

बिहीबार रिपो खरिदका लागि धेरै ब्याजदर अफर गर्नेले ८.६० प्रतिशत अफर गरेका छन । यो ब्याजदर यसभन्दा अघि मंसिर २९ गते निष्कासन भएको १४ दिने रिपोमा तुलनामा कम हो । सो दिन बैंकहरुले रिपोका लागि १०.१० प्रतिशत बोल गरेका थिए ।

त्यसैगरी गत मंसिर २९ गते न्यूनतम ७.६४ ब्याजदर अफ गरेका बैंकहरु वित्तीय संस्थाले बिहीबार ८.१५ बोल गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको १४ दिने रिपोको औसत रेट ८.३३ प्रतिशत कायम भएको छ । यसभन्दा अघि अर्थात मंसिर २९ गतेको सात दिने रिपोको औसत रेट ८.३३ प्रतिशत कायम भएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहीबार  १७ : २७ बजे