प्रथम सेवा विन्दु नहुँदा महानगरपालिकामा सुरु भएन स्वास्थ्य बीमा

0
Shares

काठमाडौ तथा ललितपुर महानगरपालिकामा प्रथम स्वास्थ्य सेवा विन्दु नहुँदा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन पाएको छैन । सुविधा सम्पन्न निजी अस्पताल भरी भराउ भएपछि महानगरपालिका सामान्य नागरिकले निःशुल्क पाउने स्वास्थ्य सेवाको बिषयमा भने गम्भिर नभएको पाइएको हो ।

नेपालको संविधानले सबै नागरिकले न्यूनतम स्वास्थ्य उपचारको सुविधा पाउनुपर्छ भन्ने व्यवस्था गरेको छ । सो व्यवस्थालाई कार्यन्वयन गर्न नेपाल सरकारले आफैले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । तर, हालसम्म उपत्यकाका चार वटा नगरपालिका र दुई वटा महानगरपालिकामा यो कार्यक्रम सुरु हुन नसकेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी प्रमुख दामोदर बस्यौलाले बताए । उनका अनुसार बीमित नागरिकले सेवा लिने प्रथम स्वास्थ्य सेवा केन्द्र नहुँदा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए ।

यस बिषयमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पटक पटक छलफल भएको बोर्डका कार्यकारी प्रमुख बस्यौलाले बताए । यद्यपी पछिल्लो छलफलमा दुवै महानगरपालिकाका मेयर सकरात्मक भएको उनले जनाएका छन् । उनीहरुले जतिसक्दो छिटो प्रथम सेवा विन्दु स्थापना गर्ने प्रतिबद्धता समेत दिएको उनले बताए । प्रतिबद्धता अनुसार काम भएमा माघ देखि नै कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन् ।

सरकारले स्वास्थ्य सेवा निशुल्क गर्ने योजना अघि सारे पनि प्रथम स्वास्थ्य सेवा केन्द्रको अभाव, स्वास्थ्य केन्द्रमा जनशक्ति र पूर्वाधारको अभाव हुँदा कार्यक्रम प्रभावकारी हुन नसकेको बोर्डका कार्यकारी प्रमुख बस्यौलाले गुनासो गरे । बोर्डले २०७२ साल देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।