फाइभजी सपोट गर्ने मोवाइल नै नभएपछि टेलिकमको परीक्षण रोकियो

0
Shares

नेपालमा फाइभजी सपोर्ट गर्ने खालका मोबाइल सेट नै नभएपछि नेपाल टेलिकमले फाइभजी परीक्षणको प्रक्रिया स्थगित गरेको छ ।

टेलिकमले अग्रेजी नयाँ वर्ष जनवरी एक को अवसर पारी परीक्षण गर्ने तयारी गरेको थियो । तर, बजारमा फाइभजी सपोर्ट गर्ने मोवाइल सेट नभएपछि प्रक्रिया रोकिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणबाट गत बर्ष नै फाइभजी परीक्षणको अनुमती पाएको हो । प्राधिकरणले टेलिकमलाई फाइभजीका लागि २६०० फ्रिक्वेन्सी प्रदान गरेको छ । तर फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको आन्तरिक परीक्षणमा बजारमा उपलब्ध एक/दुई मोडलका फोनहरुमा मात्र फाइभजी सपोर्ट गर्ने देखिएको छ । उपभोक्तालाई फाइभजी सेवा उपलब्ध गराउनु अघि टेलिकमले बजारमा उपलब्ध सबै सेटहरुमा फाइभजी चलाएर ट्रायल गर्नुपर्ने हुन्छ । यसका लागि अझै ३/४ हप्ता समय लाग्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको थियो । यसका लागि काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ ।

एनसेलले पनि फाइभजी सेवा सुुरु गर्न प्राधिकरणमा निवेदन दिएको छ । एनसेलले फाइभजी परीक्षणको लागि पूर्वाधारको तयारी अवस्थामा रहेको बताए पनि प्राधिकरणबाट अनुमती भने पाएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।