साओमीले रेड्मी नोट १२ पछि लञ्च गर्यो अत्याधुनिक स्मार्ट फोन-रेड्मी १२सी

0
Shares

चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले रेड्मी नोट १२का विभिन्न मोबाइल सिरिज लञ्च गरेको केही दिनमा नै रेड्मी १२सी मोडलको मोबाइल लञ्च गरेको छ।

रेड्मी १२सी मोडलका मोबाइल फोनहरु बजेट फोन रहेका छन् । मोबाइलको स्टोरेज क्षमताका आधारमा रेड्मी १२सी मोडलका मोबाइल फोनहरुको मूल्य तोकिएको छ ।

¥याम मेमोरी ४ जीबि र रोम ६४ जीबि भएको मोबाइल फोन चिनियाँ बजारमा ६९९ युवान (नेरु. १३ हजार ३५७), ४ जीबि ¥याम र १२८ जीबि रोम स्टोरेज क्षमता भएको मोबाइललाई ७९९ युवान (नेरु. १५ हजार २६८) र ६ जीबि ¥याम र १२८ जीबि रोम स्टोरेज क्षमता भएको मोबाइललाई ८९९ युवान (नेरु. १७ हजार १७९)मा चिनियाँ बजारमा उपलब्ध छ ।

रेड्मी १२सी ब्रान्डका फोनहरु चीन बाहिर लञ्च हुन भने केही समय लाग्ने छ ।

के कस्ता छन् विशेषता ?

रेड्मी १२सी मोडलका मोबाइल फोनमा ६.७१ इन्चको एचडी डिस्प्ले र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । मोबाइलको १२ नानोमिटर प्रोसेसर अक्टाकोर मेडियाटेक हेलियो जी८५ले पावर गरेको छ ।

मोबाइलको स्टोरेज माइक्रोएसडी अर्थात् मेमोरी कार्डको प्रयोग गी १२८ जीबिबाट बढाएर ५१२ जीबि सम्म एक्सपान्ड गर्न मिल्छ ।

फोनको पडाडि डायगोनल स्ट्राइपहरु रहेका छन् । फिङगर प्रिन्ट स्कानर रियर प्यानलमा रहेको छ । मेन क्याम्रा ५० मेगापिक्सेलको रहेको छ । ५०००एमएएच ब्याट्रीमा १० वाटको चार्चिङ सर्पोट छ ।

अत्याधुनिक फिचर सहितको सस्तो मोबाइल फोन रेड्मी १२सी नेपालीहरुको रोजाइमा पर्न सक्ने मोबाइल फोन रहेको छ । साओमी कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका मोबाइल फोनका प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उच्च रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।