अर्थमन्त्री-मर्चेण्ट बैंकर्स संघ भेटवार्ताः मर्चेण्ट बैंकर र अर्थ मन्त्रालयले खेल्नुपर्ने भुमिकाबारे छलफल

0
Shares

मर्चेण्ट बैंकर्स संघले नवनियुक्त नेपाल अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग बुधबार भेटवार्ता गरेको छ ।

संघका पदाधिकारीहरुले पुस २० गते बुधबारका अर्थ मन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्रीसँग भेटवार्ता गरी मर्चेण्ट बैंकरका हकहीतका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा छलफल गरेको छ । संघले बुँदागत रुपमा प्रकाश पार्दै सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण समेत गरेको छ ।

यस्तै भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा विस्तृत विवरण समेत पेश गरेको छ । संघले अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । उनको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास समेत संघले लिएको छ ।

नेपाल मर्चेण्ट बैंकर संघ नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्र प्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।