ओम्नी मोटर्सले गर्यो २ अर्ब २८ करोडको कारोबार, १३% ले आम्दानी वृद्धि

0
Shares

ओम्नी ग्रुपले सञ्चालन गरेको ओम्नी मोटर्सले सन् २०२२ मा २ अर्ब २८ करोड १० लाखको कारोबार गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १३.४२ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०१३ मा स्थापना भएको ओम्नी मोटर्स भारतबेन्च ब्रान्डका कम्पनीहरुको आधिकारिक बिक्रेता रहेको छ । टाटा मोटर्सले विभिन्न मोडलका कर्मेशियल सवारी साधनको उत्पादन सुरु गरेपछि भारतबेन्चद्धारा निर्मित सवारी साधनहरुको मागमा गिरावट आएको छ ।

मागमा आएको गिरावटका कारण कम्पनीले अपेक्षा गरे अनुरुपको आम्दानी गर्न सकेको छैन । यस्तै भारतबेन्ज कम्पनीले उत्पादन गर्ने सावारी साधनका मोडलहरु पनि सिमित रहेका छन् । जसकारण कम्पनीको सेल्समा गिरावट आइरहेको छ ।

टाटा तथा इचर्स कम्पनीहरुले शुलभ मूल्यमा विविध मोडलका सवारी साधनहरु विकास गर्दै गएका छन् । जसले प्रतिस्पर्धा बढाउनुका साथै ग्राहकहरुको ध्यान केन्द्रीत गरेको छ ।

ओम्नी मोटर्स कम्पनीका देशभर ११ वटा भारतबेन्जका सोरुम रहेका छन् । कम्पनीमा ५ जना व्यक्तिगत लगानीकर्ताहरुको लगानी रहेको छ । राजेन्द्र काब्रा, दिपानकर काब्रा, विनय काब्रा, उदायन काब्रा र सन्दिप कुमार मोहता गरी पाँच लगानी कर्ता रहेका छन् । राजेन्द्र काब्रा अध्यक्ष रहेको कम्पनीको प्रमोटर ओम्नी ग्रुप रहेको छ ।

१ अर्ब २१ करोड ५५ लाखको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । ५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले यस अघिको बी प्लस रेटिङ डाउनग्रेड गरी बी माइन्स रेटिङ गरेको छ । कम्पनीका वित्तीय सूचांकहरु कमजोर देखिएका कारण कम्पनीले रेटिङ घटाएको छ ।

यस्तै १ अर्ब २१ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि इक्रा नेपालले कम्पनीलाई ए४ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।