फेडको निर्णयलाई चुनौती दिँदै एशियाली सेयर लगानीकर्ता

0
Shares

एशियाली सेयर बजारका लगानीकर्ताहरुले अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)को निर्णयलाई चुनौती दिँदै लगानी विस्तार गरेका छन् ।

फेडले अमेरिकी श्रम बजार र उपभोक्ता मूल्य सूचांकका आधारमा ब्याजदर वृद्धि गर्दै आएको छ । अमेरिकी समय अनुसार शुक्रबार प्रकाशित हुने अमेरिकी श्रम बजारको तथ्यांक सार्वजनिक हुनु अगावै नै एशियाली लगनाीकर्ताहरुले सेयर बजार बढाएका छन् ।

आज जापानी सेयर सूचांक निकेई ०.३९ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको सेयर सूचांक कोप्सी ०.७७ प्रतिशतले उकालो लागेको छ । अष्ट्रेलियाको स्टल बेन्चमार्क ०.५६ प्रतिशत, हङकङको ह्याङस्याङ सूचांक ०.६ प्रतिशत र एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.२९ प्रतिशतले बढेको छ । चीनको साङ्घाई कम्पोजिट १.०१ प्रतिशतले बढेको छ ।

४० वर्ष यताकै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न फेड लगायतका विभिन्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । आक्रामक शैलीमा केन्द्रीय बैंकहरले बढाएको ब्याजदर देखि त्रसित बनेका लगानीकर्ताको मनोबल सन् २०२३ मा बलियो देखिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।