पालुन खोलाको १९ करोडकोे सेयर जारी गर्नका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक नियुक्त

0
Shares

पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई १९ करोड बराबरको सेयर निष्काशन तथा बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीलृ स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ पौष २४ गते आईतबार सम्पन्न भयो । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।

पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।