सुनको मूल्य तोलाको १ लाख ३९ सय निर्धारण

0
Shares

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार कायम सुनको भाउ यो वर्ष यताकै उच्च मूल्य हो । यसअघि २०७८ फागुन २५ गते सुनको भाउ सर्वाधिक १ लाख ५५ सय रुपैयाँसम्म कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिन आइतबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा खरिद बिक्री भैरहेको महासंघले जनाएको छ ।

ऋघिल्लो दिन आइतबार सुनको भाउ १ हजार रुपैयाँले बढेर छापावाल प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ र तेजावी १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १८७८ तथा चाँदी २४.०३ डलर हाराहरीमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।