मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान संचालन

0
Shares

मुक्तिनाथ विकास बैंकले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको संचालन गरेको छ।

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ।

दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको हो । यसबाट संस्थामा बस्नुहुने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।