डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल बैकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

यसै क्रममा बैकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ ।

जहाँ ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार र अधिकतम रकम ५० लाख रुपैयाँमा सेट गरिएको छ ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याएको छं जसमा मुद्दती निक्षेप खाता भएका ग्राहले मुद्दती निक्षेप रकमको ९०५ सम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् ।

यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेका सेल्फ(सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याईएको बैंकले जनाएको छ। 

साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर (क्यूआर कोड स्क्यान) मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई-नगद र इ-भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि(पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।