नेपालीले क्यूआर कोडबाटै पाँच महिनामा गरे १९ अर्ब ३४ करोड भुक्तानी

0
Shares

पछिल्लो समयमा नेपालीहरु बिच क्यूआर कोडबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । चालु आथिर्क बर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा क्यूआर कोडबाट मात्रै १९ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

यो रकम गत आवको सोही अवधिको तुलनामा तीन गुणा बढी हो । गत आवको मंसिर महिनासम्ममा ६ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

नेपाल राष्ट्र बैकले विद्युतीय भुक्तानी अन्र्तगत क्यूआर कोर्डबाट भुक्तानी गर्न सर्वसाधारणलाई प्रेरित गरेको छ । यस्तो भुक्तानी प्रक्रियामा छुटको समेत व्यवस्था गरिएको छ । मोवाइलबाट नै यस्तो भुक्तानी हुने भएकाले यस प्रति मानिसको आकर्षण बढ्न थालेको हो । त्यस्तै, अहिले तरकारी पसल, किराना पसल देखि लिएर ठूला ठूला स्टोरमा समेत क्यूआर कोर्ड भुक्तानी हुन थालेको छ ।

केन्द्रिय बैंकको तथ्यांक अनुसार समिक्षा अवधिमा क्यूआर कोडबाट ५१ लाख ९ हजार ६३१ पटक भुक्तानी भएको छ । गत आवको सोही अवधिमा भने १६ लाख ४९ हजार ३९७ पटक भुक्तानी भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गत कार्तिक महिनासम्ममा भने ४६ लाख १२ हजार ३०७ पटकको कारोबारमा १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।