सरकारको पूर्णताले लगानीकर्ता उत्साहित, करेक्सनपछि सेयर बजारमा सुधार

0
Shares

पछिल्लो दुई कारोबार दिनमा ६२ अंक बढीले घटेको नेप्सेमा सरकारले पूर्णता पाएसँगै बढोत्तरी आएको छ ।

नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको दिन सेयर बजारमा ३२ अंकको सधुार आएको हो । नयाँ सरकार गठन पछिका दिनहरुमा लगात्तार बढिरहेको बजारमा पछिल्लो दुई दिनमा करेक्सन आएको थियो ।

छोटो अवधिमै बजार बढेपछि नाफा सुरक्षित गर्नेहरुको चाप पर्दा बजार दुई दिन करेक्सनमा पुगेको थियो । पछिल्ला दुई कारोबार दिनमा नेप्से सूचक ६२ अंक बढीले घटिसकेको थियो । मंगलबार मन्त्रिपरिषद विस्तार भएसँगै लगानीकर्ता थप उत्साहित हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।

यस दिन बजामा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा भने घटेको छ । मंगलबार नेप्से सूचक ३२।७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेकोे छ । यो दिन २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक भने ४.४५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा सु्धार देखिएको छ । कारोबारमा विकास बैंक १०१।३६, वित्त कम्पनी ६३.९०, होटल तथा पर्यटन १६३.८२, जलविद्युत १२७.३९, जीवन बीमा १५२.६०, माइक्रोफाइनान्स ५६.४०, निर्जीबन बीमा ११६.०८ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा ग्रिन भेन्चर, आदर्श लघुवित्त वित्तीय संस्था, पिपुल्स हाईड्रोपावर, घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र ङादी पावर कम्पनी रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।