मारुती सुजुकीले सबै प्रकारका सवारी साधनको मूल्य बढायो

0
Shares

भारतीय अटोमेकर कम्पनी मारुती सुजुकीले जनवरी १६ बाट लागू हुनेगरी सबै प्रकारका सवारी साधनहरुको मूल्य बढाएको छ ।

कम्पनीले आफ्ना कमर्सियल तथा प्यासेन्जर सवारी साधनहरुको मूल्य १.१ प्रतिशतले बढाएको हो ।

कच्चा पदार्थमा भएको वृद्धिले उत्पादन लागत बढेका कारण कम्पनीले मूल्य बढाएको विज्ञप्ति मार्फत जनाएको छ । सन् २०२२ को डिसेम्बरमा कम्पनीले सन् २०२३ को सुरुवातमै सवारी साधनको मूल्य बढाउने घोषणा गरेको थियो ।

सन् २०२२ को अप्रिल महिनामा कम्पनीले उत्पादन लागतमा वृद्धि भएको कारण देखाउँदै सबै सवारी साधनहरुको मूल्य १.३ प्रतिशतले बढाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।