सिन्धु विकास बैंकले माघ २७ गते साधारण सभा गर्ने

0
Shares

सिन्धु विकास बैंकले माघ २७ गते साधारण सभा गर्ने भएको छ । बैंकले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजे तेह्राैं वार्षिक साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने घोषणा नगरेको बैंकले साधारण प्रस्तावहरु मात्रै पारित गर्नेछ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनको लागि बैंकले बैंकले माघ १६ गते सोमबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार माघ १५ गते आइतबारसम्म नेप्सेमा सेयर कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।