सीड फाइनान्सियल एकेडेमीमा अध्ययनरत विद्यार्थी एसीसीए परीक्षामा विश्वको शीर्ष स्थानमा

0
Shares

भर्खरै प्रकाशनमा आएको नतिजाफल अनुसार सीड फाइनान्ससयल एकेडेमीकी एसीसीए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीए का दुई वटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गरेकी छन।

विश्वभरका अन्य हजारौं विद्यार्थीलाई पछि पार्दै, घिसिङले प्रभावशाली रुपमा ट्याक्सेसनमा ९९ प्रतिशत र अडिट एण्ड अस्युरेन्स मा ८६ प्रतिशत अंक प्राप्त गरेकी हुन। उनले अडिट एण्ड अस्युरेन्स र ट्याक्सेसनमा क्रमशः १२,७५० र ११,७८८ विद्यार्थीहरुमध्ये विश्वव्यापी रूपमा पहिलो स्थान हासिल गरेकी हुन।

एसीसीए योग्यतालाई लेखा र वित्तको क्षेत्रमा व्यवसायिक योग्यताको मापदण्डको रूपमा व्यापक रूपमा मान्यता दिइन्छ र रोजगारदाताहरूद्धारा उच्च मूल्याङ्कन गरिन्छ ।

एसीसीए सदस्य तथा सीड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले भने “इमाको यस उपलन्धिमा म असाध्यै गौरवान्वित र हर्षित भएको छु, र यो सुश्री तिससङको कडा पररश्रम र लगनशीलिा सार्थसार्थै संस्र्थाले प्रदान छु र सो घिसिङ कठा परिश्रम र लगनशिलता साथसाथै संस्थाले प्रदान गरेको शिक्षाको गुणस्तरको प्रमाण पनि हो”

घिसिङको उपलब्धि विद्यार्थीहरूलाई लेखा र वित्तको प्रतिस्पर्धात्मक क्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नको लागि प्रतिष्ठित संस्था सीड फाइनान्सियल एकेडेमीको लागि पनि ठूलो उपलब्धि हो।

सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए अध्यापन गराइने संस्थाहरु मध्येको एक प्रख्यात संस्था हो। सीड फाइनान्सियल एकेडेमी गोल्ड स्वीकृत लर्निङ पार्टनर हो र एसीसीए, युकेको लाइसेन्स प्राप्त सीबीई सेन्टर पनि हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।