ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयरको बिक्री खुल्यो

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि २३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।

इच्छुकले लिलामीमा राखिएको उक्त सेयर खरिदका लागि न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।
एनआईसी एसिया क्यापिटलको कार्यालय बबरमहलमा माघ २० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।