भारतमा सामसुङको फाइभजी मोडलका फोनहरु सार्वजनिक

0
Shares

भारतमा फाइभजी नेटवर्क विस्तार भएसँगै मोबाइल निर्माता कम्पनी सामसुङले १५ हजार भारु मै ए–१४ मोडलको मोबाइल फोन उपलब्ध गराएको छ ।

सन् २०२२ मा भारतीय बजारमा सामसुङका फाइभजी मोडलका फोनहरुबाट कम्पनीले कुल आम्दानीको ६० प्रतिशत आम्दानी गरेको थियो । फाइभ जी नेटवर्कको विकासक्रमले तीव्र गति लिँदै गर्दा मोबाइल निर्माता कम्पनीहरुले पनि फाइभजी स्मार्ट फोन सस्तोमै उपलब्ध गराइरहेका छन् ।

सामसुङको ए–१४ मोडलको मोबाइल फोनलाई कम्पनीले १ हजार ३०२ रुपैयाँको मासिक किस्तामै उपलब्ध हुने भएको छ । सामसुङ इन्डियाका मार्केटिङ प्रमुख आदित्य बबारले आफूहरुको प्रमुख उद्देश्य नै फाइभ जीको विस्तार गर्ने र फाइभ जी मोबाइल फोनहरुको पहुँच बढाउने बताएका छन् ।

सामसुङको ४जी नेटवर्कको ए–१३ मोडल १ हजार ४६६ भारुमा उपलब्ध छ भने ५जी नेटवर्कको ए–१५ मोडल १ हजार ३०२ भारुमा नै उपलब्ध रहेको छ ।

सन् २०२२को जनवरी देखि नोभेम्बर सम्ममा कम्पनी भारतमा १ करोड भन्दा बढी फाइभ जी नेटवर्क भएका मोबाइलहरुको बिक्री गरेको छ ।
नेपालमा सामसुङको ए१४ मोडलका मोबाइल फोनहरु २२ हजार ३४५ रुपैयाँ देखि उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।