दुई अर्ब माथि नाफा कमाएको इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा साढे १ अर्ब ऋणात्मक

0
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक बनेको छ । चालु आवको दुई अर्ब धेरै नाफा आर्जन गरेपनि बैंकले मर्जर गरेको मेगा बैंकले पुस २६ गतेसम्म आर्जन गरेको २ अर्ब ५५ करोड २७ लाख रुपैयाँ रिर्टेन अनिङ्ग कोषमा ट्रान्सफर गरेपछि बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो ।

साबिकको नेपाल इन्भेष्टमेण्ट बैंकले पुस २७ गतेदेखि मेगा बैंक बैंक नेपाल लिमिटेडसँग मर्जर गरी एकीकृत कारोबार थालेको थियो । एकीकृत कारोबारपछि हिसा भने एकीकृत बैंकमा गणना गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । जसमा मेगा बैंकको यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन नाफा नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र मुनाफा हो ।

समीक्षा अवधिमा बैंकले ७३.९३ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि २३.८९ प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रति सेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा, प्रति सेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १६.०८ गुणा छ ।

पुससम्म बैंकको निक्षेप संकलन १०४ प्रतिशत बढेर ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुग्दा कर्जा लगानी ९२ प्रतिशतभन्दा धेरै वृद्धि भई ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ पुगेको छ । मर्जर भएको मेगा बैंकको समेत निक्षेप र कर्जा थपिँदा उच्च बढोत्तरी भएको हो । बैंकको जगेडा कोषको आकार ६७.१० प्रतिशत बढेर २३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

पुससम्म बैंकको खराब कर्जा अनुपात १.६५ प्रतिशत बिन्दुले बढेर ३.७१ प्रतिशत पुगेको छ । यस्तै आधारदर १०.५० प्रतिशत, निक्षेप संकलन लागत ८.२२, पुँजीकोष अनुपात १३.२८, सीडी रेसियो ८७.१४, स्प्रेडदर ४.११ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।