एनआईबीएल एस क्यापिटलद्धारा चार अर्ब बढीको लगानी व्यवस्थापन

0
Shares

एनआईबीएल एस क्यापिटल लिमिटेडले हालसम्म लगानी व्यवस्थापन सेवामा ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन गरेको जनाएको छ । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवामा ११ सय भन्दा बढी ग्राहक आबद्ध रहेका छन् ।

दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलले बि.स.२०७१ साल देखि लगानी व्यवस्थापन सेवाको प्रदान गर्दै आएको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहककोहितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण ४ अर्बको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको जनाएको छ ।

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।