सिनर्जी पावरले आयोगबाट पायो हकप्रद बेच्न स्वीकृति

0
Shares

विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद बेच्न स्वीकृति दिएको छ ।

आयोगले सिनर्जी पावरलाई माघ १२ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ कित्ता नयाँ १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले गत कात्तिक १७ गते हकप्रद निष्कासनको लागि स्वीकृति माग गर्दै आयोगमा आवेदन दिएको थियो । सोही अनुसार आयोगले कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गरेको हो ।

आयोगले स्वीकृती दिएसँगै अब कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड समक्ष हकप्रद सेयर निष्काशन गर्न अनुमति लिनुपर्ने हुन्छ ।

कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ । जलविद्युत आयोजना प्रवद्र्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को साधारण सभाले १० प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० कित्ता सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयर निष्कासनको लागि कम्पनीले यसअघि नै सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।