मनकामना इन्जिनियरिङ्गले माग्यो २८ करोडको आईपीओ बिक्री अनुमति

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ करोड मूल्यको २८ लाख कित्ता साधारण सेयर बिक्री अनुमति मागेको छ । कम्पनीले माघ १६ गते सोमबार अनुमति माग्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको गत कार्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । दुईपक्षबीच भएको सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।