प्रदेश नं. १ मा ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट संचालित कार्यक्रम चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

भद्रपुर नगरपालिका की उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाईफ संग मिलेर काम गर्न तैयार रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई , बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मंजु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिता बारेमा प्रकाश पारेका थिए।

माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभागि भई घरको जिम्मेवारी बहन संगै मनग्य आय आर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरे ।

त्यसै गरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भयो ।

महालक्ष्मी लाईफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो। माघ १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।