बीएमडब्लुले मेक्सीकोमा ८ करोड ६६ लाख डलर लगानी गर्दै

0
Shares

जर्मन अटोमेकर कम्पनी बीएमडब्लुले मेक्सीकोमा ८ करोड ६६ लाख डलर अर्थात् नेरु. १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ ।

बीएमडब्लुले विद्य्तीय कार र हाइ–भोल्टेज ब्याट्री उत्पादनका लागि उक्त रकम लगानी गरेको हो । कम्पनीले सन् २०२५ मा “न्यु क्लास” मोडलको विद्युतीय कार लन्च गर्ने तयारीमा रहेको छ ।

मेक्सीकोमा स्थापना हुन लागेको उक्त प्लान्टले १ हजार जनालाई रोजगारीको अवसर प्रदान गर्ने छ । यस्तै सन् २०३० सम्ममा बीएमडब्लुले उत्पादन गर्ने विद्युतीय कारहरुको सङ्ख्या बढ्ने र कुल सेल्सको सङ्ख्यामा आधा भन्दा धेरै सेल्स विद्युतीय कारको हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कुल लगानीको ५० प्रतिशत लगानी ब्याट्रीको उत्पादनमा लाग्ने र बाँकीको ५० प्रतिशत कारहरुको उत्पादनमा लगानी गर्ने छ ।

यस अघि पनि कम्पनीले कारहरुको उत्पादन वृद्धिका लागि अमेरिकामा १ अर्ब ७० करोड डलर र विद्युतीय कारहरुको उत्पादन वृद्धिका लागि हङगेरीमा २ अर्ब युरो लगानी गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।