न्यादी हाइड्रोपावरले लाभांश नबाँड्ने

0
Shares

न्यादी हाइड्रोपावरले लाभांश नबाँड्ने भएको छ । कम्पनीको संचालक समितिको माघ १९ गते सम्पन्न भएको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो ।

गत बिहीबारको बसेको सञ्चालक समितिको बैठकले लाभांश बिना नै १५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा चैत ६ गते सोमबार कार्की व्याङक्वेट बबरमहल, काठमाण्डौंमा बस्ने निर्णय गरेको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिए ।

सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने १ जना महिला संञ्चालक सहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८।७९ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिको सिफारिस अनुसार आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गर्ने एजेण्डा तय भएका छन् ।

कम्पनीले २९७८ असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता सेयर जारी गरी २०७८ कार्तिक ५ गते बाँडफाँड गरेको थियो । गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।