नबिल बैंकको नगद लाभांश वितरण

0
Shares

नबिल बैंकले नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको छ ।

गत पुस २९ गते सम्पन्न ३८ औं वार्षिक साधारण सभाबाट पारित भएको बैंकको ११.५० प्रतिशत नगद लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका सम्बन्धीत सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।

पुस २९ गते सम्पन्न ३८ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश पुस २९ गते शुक्रबारका दिनदेखि नै स्वीकृत नगद लाभांशको रकम (नगद र बोनस सेयरमा प्रचलित कानून बमोजिम लाग्ने कर कट्टी गरी) जम्मा गरिएको हो । बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल काठमाडौं मार्फत् सम्बन्धित सेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा आईपीएस मार्फत जम्मा तथा भुक्तानी गरिएको बैंकले जनाएको हो ।

नबिल बैंकको ३८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव अनुमोदन भचएको थियो । बोनस सेयर भने सिडिएससी र नेप्सेमा सूचीकृतपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

बैंकले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीलाई हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराउन र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्रै नगद लाभांश जम्मा हुने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।