मौद्रिक नीतिको समीक्षाप्रति लगानीकर्ता आशावादी हुँदा नेप्सेमा दोहोरो अंकको बढोत्तरी

0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

मौद्रिक नीति मार्फत सेयर धितोकर्जाको सीमा बढाउने, बैंकदर घटाउने, तथा बैंक तथा वित्तीय संस्थाहरुलाई सूचीकृत कम्पनीको सेयरमा लगानीको बाटो खुला गर्ने व्यवस्था आउन लागेको भन्दै लगानीकर्ता उत्साहित भएपछि बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको हो ।

साताको अन्तिम दिनबिहीबार बजार मापक सूचक नेप्से १२.४५ अंकले बढेर २१८२.६३ बिन्दुमा बन्द भएको छ । यसदिन २५७ कम्पनीका ५६ लाख ४८ हजार २१२ कित्ता सेयर ३५ हजार ४५० वटा कारोबारबाट २ अर्ब ६ करोड २० लाख ५८ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आजको बजारमा बाराही हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात ५७ रुपैयाँ बढेर ६२७ रुपैयाँ पुगेको छ । यस्तै १६ दिनपछि लाभांश प्रस्ताव जानकारी गराएर कारोबार रोक्का भएको विजय लघुवित्तको ५.९२ प्रतिशत, जोशी हाइड्रोपावरको ५.६३, न्यादी हाइड्रोपावर ५.३५ र इष्टर्न हाइड्रोपावरको ५.३१ प्रतिशतले मूल्य बढेको छ ।

त्यस्तै नबिल ब्यालेन्स्ड फन्ड–३ को इकाईमूल्य सर्वाधिक ५.७५ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त ४.१६, लक्ष्मी उन्नति कोषको इकाईको ३.९३, आदर्श लघुवित्तको ३.४९, विन नेपाल लघुवित्तको २.६९ प्रतिशतले घटेको छ ।

अपि पावर कम्पनीको सबैभन्दा धेरै ५ करोड ८६ लाख ५४ हजार ६९६ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नबिल बैंकको ५ करोड ७३ लाख, ङादी ग्रुप पावरको ५ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख र रिडी पावरको ४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार ३१ खर्ब ४९ करोड ६५ करोड ४७ लाख रुपैयाँ बराबरमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।