बेलायतको आर्थिक वृद्धि दर शून्य, सन् २०२३ मा आर्थिक मन्दीको अनुमान

बेलायतको आर्थिक वृद्धि दर शून्य, सन् २०२३ मा आर्थिक मन्दीको अनुमान

सन् २०२२ को अन्तिम त्रैमासमा बेलायतको आर्थिक वृद्धि दर शून्य रहेको छ ।

बेलायती राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२२ को अन्तिम त्रैमासको आर्थिक वृद्धि दर शून्य प्रतिशत रहेको घोषणा गरेको हो ।

सन् २०२३ मा बेलायतको आर्थिक वृद्धि दर ०.६ प्रतिशतले खुम्चिने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको छ । बेलायती केन्द्रीय बैक, बैंक अफ इङ्गल्यान्डले सन् २०२३ को पहिलो त्रैमासदेखि बेलायती अर्थतन्त्रमा मन्दी हुने अनुमान गरेको छ ।

मन्दीको असर सन् २०२३ को पहिलो त्रैमासदेखि सन् २०२४ को दोस्रो त्रैमासमा रहने केन्द्रीय बैंकको अनुमान छ ।

बेलायत ४१ वर्ष यताकै उच्च मुद्रास्फीतिबाट गुज्रिरहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि केन्द्रीय बैंकले बढाएको ब्याजदरका कारण आर्थिक मन्दी निम्तिएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार १४ : ३७ बजे