एशियन हाइड्रोपावरको आईपीओ पाँच प्रतिशतभन्दा कमले मात्र पाउने

0
Shares

एशियन हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) कुल आवेदकको पाँच प्रतिशतभन्दा कमले मात्र पाउने भएका छन् ।

कम्पनीको आईपीओमा परेको अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा कुल आवेदकको ४.६७ प्रतिशतले मात्र सेयर पाउने तथ्याङ्क देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको सेयरमा कुल १४ लाख ९२ हजार ७७८ वटा आवेदन परेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको सेयर ६९ हजार ७२० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

प्रारम्भिक तथ्याङ्कलाई आधार मान्दा बाँडफाँडमा कुल १४ लाख २३ हजार ५८ जनाले सेयर नपाउने देखिएको छ । यो तथ्याङ्क कुल आवेदकको ९५.३३ प्रतिशत हुन आउँछ । यद्यपी अन्तिम तथ्याङ्कसम्म रितपुर्वक नपरेका आवेदन रद्द हुँदा सेयर नपाउने प्रतिशतमा भने केही अन्तर देखा पर्नसक्छ ।

कम्पनीले माघ २७ गतेदेखि आज फागुन ४ गतेसम्म निष्काशन गरेको सेयरमा बुधबार साँझसम्ममा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता सेयरको तुलनामा २३.८५ गुणा बढी हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयर निजष्कासन गरेको थियो । सोमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि., ४२ हजार कित्ता सामूहिक लगानी कोषहरु, १६ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्टाएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।