नेप्सेमा १ करोड २३ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार १ करोड २३ लाख ७ हजार ५४२ दशमलव २७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई वितरण गरेको चुक्ता पुँजीको १३ प्रतिशत बराबरको बोनस सेयर बुधबार सूचीकृत भएको हो ।

बैंकको बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको हितग्राही (डिम्याट) खातामा आएपछि खरीद बिक्री गर्न सकिनेछ ।

कम्पनीले मङ्सिर २६ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश पारितभएको थियो । बैंकले साधारण सभाका लागि मंसिर १३ गते बुकक्लोज गरेको थियो ।

यसअनुसार मंसिर १२ गतेसम्म कायम बैंकको सेयरधनीहरुले मात्र बोनस पाउनेछन् । २८ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश भने बैंकले यसअघि नै लाभांमा लाग्ने करकट्टी गरी वितरण गरिसकेको छ । लाभांश रकममा ५ प्रतिशत कर लाग्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।