सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न व्यवसायीको माग

सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न व्यवसायीको माग

देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वुधबार भेटगरी गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो ।

तीनवटै महासंघको संयुक्त प्रतिनिधीमण्डलले ब्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको आरोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायीक झन्झट र ब्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए ।

त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फवाट ब्यवसायिका समस्या जानकारी गराएका थिए ।

उपप्रधान तथा अर्थमन्त्री पौडलले त्यसक्रममा ब्यवसायीका समस्याहरुलाई आफूले गंभिररुपमा लिएको र ती समस्याको समाधानकालागि आवश्यक पहल गर्ने आश्वासन दिए । उनले ब्यवसायीले राखेका समस्याको आफूले अध्ययनगरी त्यसको समाधानकालागि आवश्यक पहल गर्ने बताए । भेटका क्रममा तीनवटै महासंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० फागुन २०७९, बुधबार १७ : २३ बजे