बलेफी हाइड्रोपावरको ५० प्रतिशत हकप्रद प्रस्ताव

0
Shares

बलेफी हाइड्रोपावरले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन १२ गते सम्पन्न बैठकले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.५० कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष उमेश कसजुले बताए ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । प्रस्तावित ९१ करोड ३९ लाख ८५ हजार रुपैयाँको हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ७४ करोड १९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले २०७८ चैत १६ देखि २१ गतेसम्म १८ लाख २७ हजार ९७० कित्ता सर्वसाधारणका लागि सेयर निष्कासन गरी चैत २९ गते धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ कमोजिम बाँडफाँड गरेको थियो । कम्पनीको १६ लाख ५३ हजार ४५३ कित्ता सेयर १ लाख ६६ हजार ३४५ जनालाई वितरण गरिएको थियो ।

कम्पनीले लगानीकर्तालाई कुनैपनि लाभांश वितरण गरेको छैन । दोस्रो त्रैमाससम्म कम्पनी १० करोड २६ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २५ पैसा र प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।