अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धी अन्तरक्रिया — tomorrow updated PR have to published


अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल, सीपीए को उपस्थितिमा एनआईबिएल एस क्यापिटलका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे प्रस्तुती दिएका थिए ।

सिड्नीमा बसोबास गर्ने एनआरएन र सीए/सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व थियो ।

कार्यक्रममा थापाले नेपाली समुदायको प्रतिनिधित्व गर्ने सहभागीहरु र अन्य उत्साहीहरुलाई नेपालको पुँजी बजारमा भइरहेको प्राविधिक सुधार र अन्य पछिल्ला गतिविधिहरुका बारेमा प्रस्तुती दिएका थिए । विभिन्न उपकरण र लगानीका औजारहरु मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा हुने अवसर र चुनौतीका बारेमा उनले सहभागिलाई जानकारी दिएका थिए ।

कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्दामा प्रकाश पारेका थिए । आवश्यक पर्दा लगानी वापतको आम्दानी सँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे ।

सहभागीहरुले सिड्नीमा नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराएकोमा मेख बहादुर थापालाई धन्यवाद दिदैं यस्ता कार्यक्रमहरु भविश्यमा समेत संचालन गर्न आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।