सिनर्जी पावरद्धारा चुक्ता पूँजीको ५०% हकप्रद बिक्री अनुमति माग

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुमति माग गरेको छ ।

कम्पनीले २ कित्ता नयाँ १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न सेबोन समक्ष फागुन ५ गते अनुमति माग गरेको हो । यसअघि गत माघ १२ गते नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद बेच्न स्वीकृति दिइसकेको छ । कम्पनीले गत कात्तिक १७ गते हकप्रद निष्कासनको लागि स्वीकृति माग गर्दै आयोगमा आवेदन दिएको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार कम्पनीले ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ । जलविद्युत आयोजना प्रवद्र्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

हकप्रद सेयर निष्कासनको लागि कम्पनीले यसअघि नै सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।