माया खोला हाईड्रोको शेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल नियुक्त

0
Shares

माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

फाल्गुन १९ गते शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ।

उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरीरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।