स्किल वीक् चौथो संस्करण हुँदै


काठमाडौँ ग्लोकल आफ्टर स्कुल -ग्लोकल प्रालिको एक अंगले स्किल विक कार्यक्रमको नयाँ संस्करण गर्ने भएको छ ।

यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ। स्किल वीक एक हप्ते कार्यक्रम हो । जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम मार्च १३ देखि १९ मार्चसम्म सञ्चालन हुने। कार्यक्रममा १६ वर्षदेखि ३० वर्षसम्मकाले निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमबाट सीप विकासका बारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा ४ फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य विज्ञान र प्रविधि रहेका छन् । कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन छन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने आयोजकले जनाएको छ । यो कार्यक्रम उपत्यकाबाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुने आयोजकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फागुन २०७९, सोमबार १० : ३९ बजे